कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नमस्ते पे’ को आन्तरिक परीक्षण सुरु

काठमाडौँ — नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनीमार्फत सञ्चालनमा ल्याउन लागिएको भुक्तानी सेवा ‘नमस्ते पे’ को आन्तरिक परीक्षण सुरु भएको छ ।

‘नमस्ते पे’ को आन्तरिक परीक्षण सुरु

केही दिनयता नमस्ते पेका प्राविधिकले यसको परीक्षण गरिरहेको र आगामी सातादेखि टेलिकमका कर्मचारीमाझ भुक्तानी सेवाको परीक्षण गरिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

‘टेलिकमका कर्मचारीमाझ करिब २ साताको परीक्षणपछि सर्वसाधारणका लागि परीक्षण संस्करण खुला गर्ने तयारी छ,’ उनले भने, ‘नमस्ते पे सञ्चालनको अरू सबै तयारी भइसकेको छ ।’ भुक्तानी सेवा सञ्चालनका लागि बैंकहरूसँग सम्झौताको काम पनि सकिएको र प्राविधिक हिसाबले सबै प्रणाली तयारी अवस्थामा रहेको उनले बताए ।

टेलिकम र वाणिज्य बैंकले सुरुमा मोबाइलमा भएको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने गरी मोबाइल मनी सञ्चालनको तयारी गरेको भए पनि मोबाइल सेवामा लाग्ने करका कारण यसको मोडालिटी परिवर्तन गरिएको छ । मोबाइलमा रिचार्ज गर्दा करिब २८ प्रतिशत रकम सुरुमै करबापत काटिने भएकाले यसको मोडालिटी परिवर्तन गरिएको हो ।


प्रकाशित : असार १०, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?