कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजारको वृद्धि टिकेन, साढे ५१ अंकले घट्यो नेप्से

काठमाडौँ — अघिल्लो दिन करिब ८० अंकले बढेको नेप्से बुधबार करिब ५१.६५ अंकले घटेको छ । यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ६२.१८ विन्दुमा ओर्लेको छ ।

सेयर बजारको वृद्धि टिकेन, साढे ५१ अंकले घट्यो नेप्से

अघिल्ला ५ कारोबार दिनमा करिब २ सय अंकले घटेको बजारमा मंगलबार करिब ८० अंकको सुधार देखिएको थियो । तर, यो वृद्धि बुधबारसम्म पनि टिक्न सकेन ।

बुधबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । सोही कारण नेप्सेमा उच्च अंकको गिरावट आएको हो । सो दिन परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक, कारोबार रकम, कारोबार सेयर संख्या सबैमा कमी आएको छ । सो दिन करिब ७३ हजार ३ सय कारोबारबाट २ सय १६ कम्पनीका १ करोड ६१ लाख १७ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

प्रकाशित : असार ९, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?