कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइबर सुरक्षा नीतिको मस्यौदामाथि राय

काठमाडौँ — कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ), सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल गरी तीन वटा संस्थाले सरकारलाई एक वर्षभित्र सुरक्षित र लचिलो साइबर स्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न माग गरेका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ १४ मा सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा राय दिँदै ३ वटा सस्थाहरूले साइबर सुरक्षा संवेदनशील विषय भएकाले जतिसक्दो छिटो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेका हुन् ।

नीतिको मस्यौदामा सुरक्षित साइबर स्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ । नीति कार्यान्वयनका लागि एक वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई तीन महिनामा झार्न सुझाइएको छ । तीनै संस्थाका प्रतिनिधिहरूले सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई सुझाव हस्तान्तरण गरेका हुन् ।


प्रकाशित : असार ६, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?