कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

किसानलाई सुनको हलो अंकित तक्मा

सुर्खेत — कर्णाली प्रदेश सरकारले कृषि पेशालाई मर्यादित बनाउन ‘मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम’ लागू गर्ने भएको छ । यसअन्तर्गत प्रदेशभरबाट सर्वाेत्कृष्ट एकजना किसानलाई सुनको हलो अंकित तक्मा दिइनेछ ।

किसानलाई सुनको हलो अंकित तक्मा

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माद्वारा मंगलबार प्रस्तुत बजेटमा सर्वोत्कृष्ट एकसहित उत्कृष्ट २ सय जनालाई उक्त कार्यक्रमबाट सम्मान गरिने उल्लेख छ । यसको लागि ४० लाख रुपैयाँ विनियोजित गरिएको छ ।

सरकारले घुम्ती गोठ सञ्चालन गर्ने हिमाली क्षेत्रका ५० भन्दा बढी भेडा–च्याङ्ग्रा पाल्ने कृषकलाई भेडा–च्याङ्ग्राको औषधी उपचार खर्च दिने बताएको छ । प्रति कृषक वार्षिक १२ हजार रकम दिने गरी २ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले किसानलाई लक्षित गरी ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रम पनि लागू गर्ने भएको छ । यसका लागि स्थानीय बैंक तथा सहकारी संघसंस्थाबाट सहुलियतपूर्ण कर्जा दिन १ अर्ब रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

प्रकाशित : असार ३, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?