कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले थप्यो कर तिर्ने समय

काठमाडौँ — सरकारले व्यवसायीलाई कर तिर्ने समय थपेको छ । असार २५ सम्म कर तिर्ने म्याद थपिएको आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले थप्यो कर तिर्ने समय

कोभिडको संक्रमण रोक्न विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको जनाइएको छ । थपिएको समयमा चैत र वैशाख महिनाको कर बुझाउन सकिनेछ ।

प्रकाशित : असार ३, २०७८ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?