कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन प्लान्टका लागि तीन अस्पताललाई पौने ६ करोड

काठमाडौँ — नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छन् ।

अक्सिजन प्लान्टका लागि तीन अस्पताललाई पौने ६ करोड

डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको हो । कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने उनले बताए ।

अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?