कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द गरिने

बजार परिसरमा मोटरसाइकल, ठेला प्रवेश निषेध

काठमाडौँ — कोभिड संक्रमण तीव्र रुपमा फैलिएसँगै सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द हुने भएको छ । तरकारी बजारभित्र भीड नियन्त्रण गर्न समस्या भएको जनाउँदै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले खुद्रा र कृषक बजार बन्द गर्ने निर्णय गरेको हो ।

कालिमाटी तरकारी बजारमा कृषक र खुद्रा बजार बन्द गरिने

समितीका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार राति ३ बजेदेखि बिहान ५ बजेसम्म तरकारी किन्न आउने सर्वसाधरणको भीड नियन्त्रण गर्न सक्ने अवस्था नरहेपछि यस्ताे निर्णय भएकाे हाे । 'तरकारी खरिद गर्न आउने सर्वसाधरणले स्वास्थ्यको मापदण्ड पनि पालना गरेनन् । महामारी व्यापक फैलिँदै छ । हजारौ मान्छेको भीड नियन्त्रण गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘त्यही भएर खुद्रा कारोबार रोक्ने निर्णय गरेका छौं ।’ होलसेल बजारसँगै खुद्रा बजारमा पनि रहेछ । यस्तै, समितिले हालसालै किसानका लागि भनेर छुटै स्टल समेत छुट्याइएको छ । ती स्टलहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।

‘कृषक बजार मंगलबारदेखि लागू हुनेगरी बन्द गरिएको छ । खुद्रा बजार बिहीबारदेखि लागू हुनेगरी बन्द र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बुधबारदेखि बन्द गर्न निर्णय गरेका छौं,’ उनले भने, ‘थोक बजारमा प्याकेजिङ गरेर मात्रै बिक्री बितरण गर्ने गराउने र एक वटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दे सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय भयो ।’

यस्तै, तरकारी बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गर्ने निर्णय भएको छ । तरकारी बजारभित्र मोटरसाइकल र ठेला प्रवेश रोकिएपछि भीड आफै नियन्त्रणमा हुने समितिको दाबी छ ।

त्यस्तै, ठूला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड/होल्डिङ यार्डमा अक्सन कारोबार गर्न सक्ने जनाएको छ । ‘मंगलबारको निर्णय प्रहरीलाई पनि बोद्यार्थ दिएका छौं, निर्णयको कपी प्रहरीलाई बुझाएका छौं,’ भट्टराईले भने, ‘प्रहरीले पनि सहयोग गर्छन् ।’

प्रकाशित : वैशाख २८, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?