कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासंघले थाल्यो ‘हेल्लो डाक्टर’ अभियान

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत पहिलो कार्यक्रममा ‘हेल्लो डाक्टर’ को सुरुवात गरिएको महासंघले जानकारी दिएको छ ।

महासंघले थाल्यो ‘हेल्लो डाक्टर’ अभियान

नयाँ भेरियन्टको कोभिडको जोखिममा रहेका सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त अभियान सुरु गरिएको हो । कार्यक्रमका लागि महासंघले भाइबरसँग समेत सहकार्य गरेको छ । यसमा डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रदान गर्नेछन् ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका, चिकित्सकको सल्लाह एवं परामर्श लिन कठिनाइ भएकाले कार्यक्रममार्फत सहयोग लिन सक्ने महासंघले जानकारी दिएको छ । सुरुमा पाँच जना डाक्टरबाट परामर्श थालिने महासंघले जनाएको छ । त्यसका लागि बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ६ बजेसम्म समय छुट्याइएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ ।

प्रकाशित : वैशाख २६, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?