कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० नवप्रवर्तनका लागि महासंघले खुलायो आवेदन

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले ५० नवप्रवर्तन (स्टार्टअप) का लागि आवेदन खुलाएको छ ।

५० नवप्रवर्तनका लागि महासंघले खुलायो आवेदन

महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिको कार्ययोजनाअनुसार मेन्टरसिप सहयोगसहित महासंघ लगानीकर्तासँग आबद्ध हुन इच्छुक नवप्रवर्तनका लागि वैशाख ४ देखि आवेदन खुलाइएको हो ।

समितिले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेकाहरूको नवप्रवर्तनको व्यावसायिक सफलताका लागि लगानीकर्ता जुटाउन यो योजना ल्याएको हो । यो योजनाअनुसार ५० स्टार्टअपका लागि ५० स्थापित उद्यमी जटाइनेछ । समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० स्टार्टअप र लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीमा सहयोग गरिने महासंघले बताएको छ ।

सहभागी हुन स्टार्टअप कम्तीमा एक वर्ष वा सोभन्दा बढी अवधिदेखि सञ्चालनमा आएको हुनुपर्ने समितिले जानकारी दिइएको छ । आवेदनसाथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको विधान, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिस्ट्रेसन, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको विवरणलगायत कागजात आवश्यक पर्ने महासंघले जानकारी दिएको छ । कृषि, उत्पादनमूलक, सूचना प्रविधि तथा सेवा क्षेत्रका लागि महासंघले आवेदन खुलाएको हो ।

प्रकाशित : वैशाख ६, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?