कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मनकामना केबलकार स्तरोन्नति गरिँदै

गोरखा — मनकामना केबलकार एनालगबाट डिजिटल प्रविधिमा लैजान लागिएको छ ।२३ वर्षअघि मनकामना मन्दिर जानेहरूलाई लक्ष्य गरेर सेवा थालेको केबलकारको पुरानो प्रविधिले मर्मत खर्च बढेपछि नयाँ प्रविधिमार्फत प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

मनकामना केबलकार स्तरोन्नति गरिँदै

केबलकार स्तरोन्नतिको काम तीन चरणमा हुने बताइएको छ ।

पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिनेछ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिने शेरचनले बताए । ‘अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिनेछ,’ उनले भने । केबल लट्ठा फेर्ने, कम्युनिकेसन केबललाई सेट्रा केबल र डीसी ड्राइभलाई एसी ड्राइभमा रूपान्तरण गरी प्रविधियुक्त बनाइने कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियमित मर्मतसम्भारका अतिरिक्त स्तरोन्नति गर्दा सेवा अवरुद्ध हुन सक्ने शेरचनले बताए ।

प्रकाशित : चैत्र २१, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?