कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९०.६७ अंकले बढ्यो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा पुगेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७५ प्रतिशत बढी हो ।

९०.६७ अंकले बढ्यो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ९०.६७ अंकले बढेर २ हजार ५ सय भन्दा माथि पुगेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ३.७५ प्रतिशतले बढी हो । बुधबार नेप्से करिब ४० अंकले घटेको थियो । यो साता अधिकांश कारोबार दिनमा घटेको नेप्सेमा बिहीबार उछाल नै आएको हो ।

सो दिन 'क' वर्गका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.३६ र व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार मापक फ्लोट परिसूचक ३.७२ प्रतिशतले बढे । बिहीबार सबै उपसमूहको परिसूचक बढे । सबैभन्दा धेरै अन्य समूहको सूचक बढ्यो । अन्यको सूचक ५.४४ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको ५.२६, लघुवित्तको ५.०६ प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

सोहीदिन २ सय ६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाखको रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?