कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

सुरज कुँवर

काठमाडौँ — नेपाल पर्यटन बोर्डमा रिक्त रहेको सञ्चालक समितिको सदस्यमा व्यवसायीहरु चन्द्र रिजाल, नवाङ निमा शेर्पा र कृष्णकुमार साह नियुक्त भएका छन् ।

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, मन्त्री भानुभक्त ढकालले शुक्रबार बोर्डको रिक्त सदस्यमा यी तीन जनालाई तीन वर्ष कार्यकाल रहने गरी नियुक्त गरेका हुन् ।

पर्यटन सचिव अध्यक्ष रहने बोर्डको सञ्चालक समितिमा ११ सदस्य रहन्छन् । जसमा माघ ३ गतेदेखि निजी क्षेत्रका तीन जना सदस्यको समयावधि सकिएकाले रिक्त थियो ।

ती पदका लागि मन्त्रालयले सहसचिव समेत रहेका अधिकारीको अध्यक्षतामा उपसमिति गठन गएका थिए । उक्त उपसमितिमा २२ जनाले आफ्नो बायोडाटा बुझाएका थिए । तीमध्येबाट उपसमितिले यी बाहेक सीएन पाण्डे र हरिभक्त श्रेष्ठसहित ५ जनाको नाम सिफारि गरेको थियो । उपसमिति स्रोतका अनुसार, हाल नियुक्त भएका तीनै जना प्रधानमन्त्री ओली निकट व्यवसायी हुन् ।

प्रकाशित : माघ २३, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?