कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भन्सार र सीमा पूर्वाधार सुधारौं’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले विराटनगर, भैरहवालगायत स्थानमा रेलमा आधारित आईडीसी विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

‘भन्सार र सीमा पूर्वाधार सुधारौं’

६९औं भन्सार दिवसका अवसरमा आइतबार महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा रेलमा आधारित सुक्खा बन्दरगाह वीरगन्जमा मात्रै भएकाले विराटनगर, भैरहवालगायत क्षेत्रमा पनि रेलमा आधारित आईसीडी आवश्यक रहेको बताइयो । कार्यक्रममा व्यवसायीले व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिन पनि सुझाए । भन्सारमा मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरण दुवै यथार्थपरक हुनुपर्नेमा महासंघका अध्यक्ष शेखर गोल्छाले जोड दिए ।

उक्त अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको प्रतिक्रिया दिए ।

यसैबीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार दिवसकै अवसरमा कर भन्सार तथा भीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । अटोमोबाइल व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी समस्या भोगिरहेको बताइएको छ । यसै सन्दर्भमा यसका प्रणालीबारे यथार्थ जानकारी उपलब्ध गराउन प्रशिक्षण कार्यक्रम गरिएको नाडाले जानकारी दिएको छ । कार्यक्रममा नाडाले सहभागी ४६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको थियो ।

प्रकाशित : माघ १२, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?