४० निकायमा एकद्वार प्रणाली

काठमाडौँ — आयात–निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

४० निकायमा एकद्वार प्रणाली

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जनाएको छ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।

तीन वटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रूपमा विस्तार गरिनेछ । यसमा सरकारी र निजी क्षेत्र रहनेछन् । भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीन वटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणाली स्थापना हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ता विभाग तथा कार्यालयमा पुगिराख्नुपर्ने छैन ।

एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । एकद्वार प्रणाली कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाइ छ ।

प्रकाशित : माघ ८, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?