कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य तोलामा ८ सयले घट्यो

काठमाडौँ — आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य सोमबार पुनः ८ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य तोलामा ८ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य लागि प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार भने प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोदा ४० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : पुस २७, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?