कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा फेरि नयाँ रेकर्ड

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ४१.२४ अंकले बढेर २ हजार २ सय ३५.७२ विन्दुमा उक्लेको छ । यो हालसम्मको उच्च हो । यही पुस २० मा नेप्से परिसूचक यसअघिको उच्च २ हजार १ सय ८१.५३ विन्दुमा थियो । 

नेप्सेमा फेरि नयाँ रेकर्ड

सो दिन कारोबारमा आएकामध्ये जीवन बिमाबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । लकडाउनपछि खुलेको बजारले पटकपकट नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा आइतबार नेप्से हालसम्मकै उच्च विन्दु (करिब साढे २२ सय नजिक) पुगेको हो । आइतबार करिब ५७ हजार कारोबारबाट २ सय ६ वटा कम्पनीका १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता सेयर किनबेच भए । सो किनबेचबाट ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबार रकम यही पुस १९ यताकै उच्च हो ।

पुस १९ मा ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक उच्च अंकले बढेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि अघिल्लो कारोबार दिनको तुलनामा करिब साढे ५५ अर्ब रुपैयाँले बढेर ३० खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.७१ प्रतिशत बढ्यो । यस्तै व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक २.३९ प्रतिशत बढ्यो ।

सो दिन विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ३.९८ प्रतिशतले बढ्यो । बैंकिङ समूहको परिसूचक ३.५९, व्यापारको ३.१७, वित्त कम्पनीको २.१५ र जलविद्युत्को १ प्रतिशतले बढे । यस्तै निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष, जीवन बिमालगायत समूहको १ प्रतिशतभन्दा कमले बढे ।

प्रकाशित : पुस २७, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?