कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनचाँदी व्यवसायी महासंघमा सबै निर्विरोध

अध्यक्षमा माणिकरत्न शाक्य
सुनको आयात कोटा बढाउन माग

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनले माणिकरत्न शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएअनुरूप सबै पदमा निर्विरोध भएका हुन् ।

सुनचाँदी व्यवसायी महासंघमा सबै निर्विरोध

आइतबार सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपीन रामुदामु चुनिएका छन् । एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा, सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा मनोजकुमार शाह चुनिएका छन् ।

साधारणसभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिलाई चयन गर्ने निर्णयसमेत गरेको छ । प्रस्तावित उपाध्यक्षहरूमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल छन् । प्रस्तावित सचिवमा केशवहादुर सुनार तथा सहकोषध्यक्षमा रमेश रसाइली छन् । महाधिवेशनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसमक्ष व्यवसायीले सुन आयातको कोटा बढाउन आग्रह गरेका थिए । विदेशी विनिमय सञ्चिति गर्ने नाममा कोटा घटाउँदा व्यवसायी पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ थियो ।

प्रकाशित : पुस २७, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?