२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको आकलन

काठमाडौँ — सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट प्रतिवेदनमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेको अनुमान प्रतिवेदनमा गरिएको छ ।

आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको आकलन

कोभिड–१९ को महामारीले दक्षिण एसियामा गरिबी र बेरोजगारीमा वृद्धि गरेको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । महामारीका कारण भारतको अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको जनाइएको छ । भारतको अर्थतन्त्र सन् २०२१ मा ९.६ प्रतिशतले नकारात्मक हुने प्रतिवेदनमा जनाइएको छ ।

पर्यटनमा निर्भर माल्दिभ्स, नेपाल र श्रीलंकाजस्ता मुलुक पनि महामारीका कारण प्रभावित बनेको बताइएको छ । महामारीअघि बजार र अर्थतन्त्र वृद्धिका हिसाबले उच्च स्थानमा रहेको बंगलादेशको अर्थतन्त्र सन् २०२१ मा २ प्रतिशत बढ्ने अनुमान गरिएको छ । पाकिस्तानको अर्थतन्त्र १.५ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ ।

सन् २०२१ मा दक्षिण एसियाली अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण छ । बंगलादेश र पर्यटनमा आधारित भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाजस्ता मुलुकको अर्थतन्त्रको वृद्धिदर भने कम हुने प्रक्षेपण छ ।

प्रकाशित : पुस २३, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?