कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरगढी गाउँपालिकाले तोक्यो कोदो र फापरको मूल्य

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले कोदो र फापरको मूल्य तोकेको छ । उत्पादन बढाउने उद्देश्यले जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कोदो र फापरको मूल्य निर्धारण गरेको हो । गाउँपालिकाले किसानलाई अनुदान पनि दिने व्यवस्था गरेको छ । किसानले कोदो र फापरको खेती गर्न छाडेकाले यसतर्फ आकर्षण बढाउन र खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले मूल्य निर्धारण र अनुदानको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिकाले तोक्यो कोदो र फापरको मूल्य

गाउँपालिकाले किसानले उत्पादन गर्ने कोदोको मूल्य प्रतिकिलो ४२ रुपैयाँ, मिठे फापरको ६० रुपैयाँ र तीते फापरको ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ । गाउँपालिकाका किसानले उत्पादन गरेको कोदो र फापर स्थानीय पाँच वटा सहकारी संस्थाले खरिद गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाले निर्धारण गरेको मूल्यमा अनाज खरिदबिक्रीका लागि सूचीकृत सहकारीले किसानबाट उत्पादित कोदो र फापर खरिद गर्नेछन् । किसानले सहकारीमार्फत बेचेबापत गाउँपालिकाले प्रोत्साहनस्वरूप प्रतिकिलो २ रुपैयाँ र सहकारीलाई खरिद गरी भण्डारण र व्यवस्थापन गरेबापत प्रतिकिलो २ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषि विकास कार्यक्रमतर्फ खाद्यान्न खरिदबिक्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याइएको गढी गाउँपालिका अध्यक्ष हुमागाईंको भनाइ छ । पछिल्लो समय मकवानपुरका किसानले कोदो र फापर खेती गर्न छाडेका छन् । यी अनाजको महत्त्व थाहा नहुँदा खेतीप्रतिको आकर्षण घट्दो छ । माग भने बढ्दो छ ।

कोदो र फापर फल्ने भेगमै किसानले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल छ । कोदो र फापर खेती गर्दा धेरै मलजल र गोडमेल गर्नु पर्दैन ।

प्रकाशित : पुस १८, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?