२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

कर छलीमा २८ विरुद्ध मुद्दा दायर

काठमाडौँ — नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले २८ जनाविरुद्ध १ अर्ब ३२ करोड रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । विभागले सर्लाहीका रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

रामकिशोरले मोहन ट्रेड इन्टरनेसनललगायत २६ वटा फर्म स्थापना गरेर कर छलेको विभागको आरोप छ । त्यसरी फर्म स्थापना गर्ने क्रममा कमजोर आर्थिक अवस्था भएका व्यक्ति र मजदुरलाई प्रयोग गरिएको राजस्वको विज्ञप्तिमा उल्लेख छ । तर ती सबै व्यक्तिको फर्मको बैंक खाता सञ्चालक भने रामकिशोर नै थिए । उनले आर्थिक वर्ष २०७१/७२ देखि अहिलेसम्म भ्याट र आयकर छलेको अनुसन्धानबाट खुलेको छ ।

आरोपितहरूमाथि ४३ करोड ८१ लाख भ्याट र ८६ करोड ५६ लाख आयकर छलेको आरोप छ । २ करोड ८ लाख रुपैयाँ लाभांश कर छलेको आरोप पनि छ ।

प्रकाशित : पुस १७, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?