गायक ढुंगानाको 'बाबा' बोलको गीत सार्वजनिक

काठमाडौँ — गायक सुरेश ढुंगानाले बुबाको माया मिहिनेतलाई सम्झाउने 'बाबा' बोलको गीत सार्वजनिक गरेका छन् । सत्य–स्वरूपको संगीत रहेको गीतका रचनाकार कुमार खत्री हुन् । गीत पूर्णरूपमा पिता प्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनिक गरिएको गायक ढुंगानाले बताए ।

गीतमा पिताको शक्ति, ज्ञान, मिहिनेत, विश्वास र इच्छाको चर्चा गरिएको छ । एरेञ्जर आमोस तामाङ रहेका छन । पाना आर्ट्सले पोस्ट प्रडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।
गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए ।
