कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

हङकङको केएमई रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु

काठमाडौँ — हङकङको केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने छन् ।

हङकङको केएमई रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु

हङकङबाट पठाएको रकम नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ । सिटी एक्सप्रेस मार्फत कुनैपनि बैंकको खातामा पनि जम्मा गर्नुका साथै रकम मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका थिए ।

आजै एक औपचारिक समारोहकाबीच हङकङबाट नेपाल पठाउने पहिलो विप्रेषण कारोबार नेपालका लागि हङकङका महावाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×