फोटो पत्रकारलाई मास्क र स्यानिटाइजर सहयोग

काठमाडौँ — लकडाउनको बेला फ्रन्ट लाइनमा खटिएका फोटो पत्रकारहरलाई फोटो पत्रकार क्लबले मास्क र स्यानीटाइजर उपलब्ध गराएको छ ।

क्लबले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका ७० जना फोटो पत्रकारहरुलाई बिहीबार मास्क र स्यानिटाइजर वितरण गरेको हो ।
कोभिड-१९को जोखिमका बेला अग्रपंतिमा रहेर फोटो पत्रकहारहरुको मनोबल उच्च राख्न र सुरक्षति रुपमा काम गर्नका लागि पीजे क्लबले मास्क रस्यानिटाइजर वितरण गरेको हो ।
आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधि उत्पादक संघ,देउराली जनता फर्मास्यूटिकल्स, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालले फोटो पत्रकार क्लबलाई स्यानिटाइजर र मास्क उपलब्ध गराएका थिए ।
प्रकाशित : वैशाख ११, २०७७ १९:०७