कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोराना भाइरसविरुद्धको तयारी कमजोर : मसाल

काठमाडौँ — मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कोरोना भाइरसबाट बच्‍न सरकारले गरिरहेको तयारी कमजोर रहेको टिप्पणी गरेको छ । 

पार्टी प्रवक्ता रामप्रकाश पुरीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सरकारको तयारी यही अवस्थामा रहे कोराना भाइरसविरुद्ध विजय हासिल गर्न मुस्किल पर्ने बताएका छन् । 'अहिले सरकारको नीति, प्रशासक, प्रहरी तथा स्वास्थ्यकर्मी समेतको स्थिति कमजोर अवस्थामा छ । यसप्रकारको कमजोर अवस्थाबाट कोराना भाइरसका विरुद्ध विजय हासिल गर्न मुस्किल पर्ने छ', विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सरकारले स्वास्थ्य तथा सुरक्षा नीतिहरू व्यवस्थित र प्रभावकारी बनाई प्रशासन, स्वास्थ्य तथा सुरक्षासम्बन्धीको भरपर्दो प्रणालीका लागि सरकारले विशेष ध्यान दिनु आवश्यक छ ।’


मसालले स्वास्थ्य तथा सुरक्षा नीति व्यवस्थित र प्रभावकारी बनाई प्रशासन, स्वास्थ्य तथा सुरक्षासम्बन्धी भरपर्दो प्रणाली बनाउन माग गरेको छ । कमजोर कार्यप्रणालीमा सुधार गरी भ्रष्टाचारी तथा कालोबजारीलाई कडा कारबाही गर्न पनि मसालले माग गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?