कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डम्बरको 'स्विटर फाटिएको' गीत सार्वजनिक

काठमाडौँ — गायक डम्बर नेपालीको ‘स्विटर फाटिएको’ गीत सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरियो । डेढ वर्षपछि गायक नेपालीले नयाँ गीत सार्वजनिक गरेका हुन् ।

डम्बरको 'स्विटर फाटिएको' गीत सार्वजनिक

प्रविन भट्टले निर्देश गरेको उक्त गीतमा डम्बरकै शब्द संगीत रहेको छ । भिडियोमा गायक नेपालीसहित सम्झना रिमाल,सोमु गुरुङ, विशाल घिमिरे र जिना ब्रिजीले अभिनय गरेका छन् ।

गीतमा ग्रामिण परिवेशको माया र गरिबीको पीडालाई उतारिएको उनले बताए । यो गीतबाट आफू निकै नै आशावादी रहेको गायक नेपालीले बताए । उनले भने,'धेरैजनाबाट राम्रो प्रतिक्रियाहरु आइरहेको छु। '

प्रकाशित : माघ १५, २०७६ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?