कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुपन्देहीमा २ विद्यार्थीले ल्याए ४ जीपीए

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा हालसम्म २ जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएका छन् । जसमध्ये सामुदायिकतर्फ सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले ४ ल्याएका हुन् ।

रुपन्देहीमा २ विद्यार्थीले ल्याए ४ जीपीए

रामापुर माविबाट १ सय ८० जनाले एसईई दिएकामा भट्टराईको मात्रै ४ जीपीए नतिजा आएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताए ।

त्यस्तै, निजीतर्फ बुटवलको न्यू होराइजन स्कुलका प्रवेश खनालले ४ जीपीए ल्याएका छन् । न्यू होराइजनबाट ३ सय ४० जनाले एसईई दिएकामा प्रवेशको उत्कृष्ट नतिजा आएको प्रधानाध्यापक लोकनाथ उपाध्यायले बताए ।

प्रकाशित : असार १३, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×