कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकै विद्यालयका १० ले ल्याए ४ जीपीए

दीपक परियार

पोखरा — पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।  

एकै विद्यालयका १० ले ल्याए ४ जीपीए

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका हुन् । मदरल्यान्डको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको प्राचार्य नारायण बरालले बताए । उनले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै खुसी व्यक्त गरे । यसअघि २०७५ को एसईईमा मदरल्यान्डका ७ विद्यार्थीले ४ जीपीए ल्याउँदा देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो ।

विद्यालयका अनुसार यसपल्ट १ सय ४६ विद्यार्थीले परीक्षा दिएकोमा १ सय २८ ले ३.६० देखि ४.०० जीपीए र १८ जनाले ३.२० देखि ३.६० जीपीएसहित उत्तीर्ण हुन सफल भए । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत मदरल्यान्डका ३ विद्यार्थीले नेपालभरबाट उत्कृष्ट नतिजा ल्याएका थिए ।

व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जीपीए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाख रुपैयाँसहित पुरस्कृत गरेको थियो ।


प्रकाशित : असार १३, २०८१ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×