कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबलका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा घोषणा

दीपक परियार

पोखरा — नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् । १३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा २-० गोलले पराजित बनेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।

महिला फुटबलका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा घोषणा

उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरे ।


यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १-० गोलले हारेको थियो ।

खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो ।

यो पनि पढ्नुहोस्:

महिला फुटबलको स्वर्ण भारतलाई, रजत नेपाललाई

प्रकाशित : मंसिर २३, २०७६ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?