२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महिला फुटबलको स्वर्ण भारतलाई, रजत नेपाललाई [अपडेट]

नेपाल-भारतबीच खेल जारी
दीपक परियार

पोखरा — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपालालई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेको हो । स्वर्ण पदकको प्रमुख दाबी गरेको नेपाल रजतमै सीमित रह्यो ।

महिला फुटबलको स्वर्ण भारतलाई, रजत नेपाललाई [अपडेट]

भारतले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले खेलभरी गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

भारतीय खेलाडी बाला देवीले ५५ औं मिनेटमा अर्को गोल गर्दै गोल अन्तर बढाएकी थिइन् । १८ औं मिनेटमा पनि उनैले गोल गरेकी थिइन् ।

प्रकाशित : मंसिर २३, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?