कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बास्केटबलमा नेपाललाई रजत

काठमाडौँ — १३ औं सागमा अन्तिम दिन बास्केटबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा फाइनलमा भारतले नेपाललाई १२७–४६ स्कोरले हराएको थियो ।

बास्केटबलमा नेपाललाई रजत

नेपालबाट अनुशा मल्लले १७ स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको भारतले २५–७, ३३–१४, ४४–९, २५–१६ को प्रदर्शन गर्‍यो । माल्दिभ्सले भुटानलाई ८३–४६ ले हराउँदै कांस्य हात पार्‍यो । पुरुष फाइनलमा भारतले श्रीलंकामाथि १०१–६२ अंकले हराएर स्वर्ण जित्यो । कांस्य पदकका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ अंकले हरायो । नेपालका असिम श्रेष्ठले १९ स्कोर जोडे । सोमबार थ्रीबाईथ्री बास्केटबलको पुरुषमा भारतसँग पराजित भएपछि नेपालले रजत पदकमा चित्त बुझाएको थियो । श्रीलंकाले कांस्य पायो । महिलामा भारतले स्वर्ण, श्रीलंकाले रजत र नेपालले कांस्य जितेका थिए ।


स्क्वासमा दुई कांस्य

१३ औं सागमा स्क्वासको पुरुष–महिला दुवैको टिम इभेन्टमा मंगलबार नेपालले कांस्य पदक जितेको छ । पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालसँगै पुरुष–महिला दुवैमा श्रीलंका संयुक्त तेस्रो भयो । पुरुषमा पाकिस्तानले स्वर्ण र भारतले रजत जिते । महिलामा भारतले स्वर्ण र पाकिस्तानले रजत हात पारे ।


जुडोमा कांस्य थप

जुडोको मिक्स टिम इभेन्टमा नेपालले कांस्य पदक जितेको छ । लगनखेलस्थित आर्मी कभर्डहलमा मंगलबार नेपालले मिक्स टिममा कांस्य जितेको हो । भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जितेको छ । नेपालसहित बंगलादेशले कांस्य जितेको छ । स्वर्ण जित्नेक्रममा भारतले ४ खेल नै जितेको थियो ।


प्रकाशित : मंसिर २५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?