कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ओलम्पिक डेको अवसरमा फुन्जो सम्मानित

काठमाडौँ — अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२४ को अवसरमा नेपाल स्की संघले शुक्रबार कीर्तिमानी पर्वतारोही फुन्जो लामालाई सम्मान गरेको छ ।

ओलम्पिक डेको अवसरमा फुन्जो सम्मानित

अन्तर्राष्ट्रिय स्की तथा स्नोबोर्ड महासंघ (एफआईएस) स्थापनाको सय वर्ष पुगेको अवसरमा फुन्जोले सगरमाथाको कीर्तिमानी समयमा सफल आरोहण गरेकी थिइन् । त्यस अवसरमा उनले महासंघ तथा नेपाल स्की संघको झन्डा पनि चुचुरोमा फहराएकी थिइन् ।

फुन्जोले १४ घण्टा ३१ मिनेटमा कीर्तिमान आरोहण गरेकी थिइन् । सम्मानका अवसरमा एफआईएसबाट प्राप्त पाँच हजार युरो फुन्जोलाई प्रदान गरिएको थियो । स्की संघसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका जीवनराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरे । फुन्जो स्कीका खेलाडीसमेत हुन् । अध्यक्ष श्रेष्ठ फुन्जो नेपाली महिलाका लागि प्रेरणा रहेको बताए ।

यसपल्टको ओलम्पिक डेको नाराम ‘लेट्स मुभ एन्ड सेलेब्रेट’ रहेको छ र नेपालसँगै पूरा विश्वमा मनाउने गरिन्छ ।

प्रकाशित : असार ७, २०८१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×