रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु

काठमाडौँ — रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

रुसी सेनामा भर्ती भएका २ भारतीय नागरिकको मृत्यु

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामी मृततका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छौं । मस्कोस्थित हाम्रो दूतावास रुसी रक्षा मन्त्रालयसहित रुसी अधिकारीहरूसमक्ष मृततको शव ल्याउन पहल गरिरहेको छ।'

विदेश मन्त्रालयले मस्कोस्थित भारतीय दूतावासले भारतका लागि रुसी राजदूत र मस्कोका रुसी अधिकारीहरूलाई रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको अविलम्ब रिहाइ र घरफिर्तीका लागि दबाब दिइरहेको पनि जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले रुसी सेनामा भारतीय नागरिकको भर्तीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको पनि जनाएको छ । यही मार्चमा रुसी सेनामा अवैधानिक रूपमा भारतीय नागरिकहरू भर्ती भएको खबर सार्वजनिक भएको थियो । रुसी सेनामा ठूलो संख्यामा नेपाली नागरिकसमेत भर्ती भएका छन् ।

नेपाल सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ । ५ जना नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्नेबारेमा हालसम्म प्रस्ट तथ्यांक भने आएको छैन।

प्रकाशित : जेष्ठ ३०, २०८१ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x