कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गाजा युद्धका सय दिन : संयुक्त राष्ट्रसंघ महासचिवद्वारा युद्धविराम गर्न पुनः आह्वान

नान/सिन्हवा

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् ।

गाजा युद्धका सय दिन : संयुक्त राष्ट्रसंघ महासचिवद्वारा युद्धविराम गर्न पुनः आह्वान

गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताए । उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गरेका छन् ।

उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताएका छन् । उनले इजरायल र लेबनानबीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको बताए ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताए । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताए ।

हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने उनले बताए ।

प्रकाशित : माघ २, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?