२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नान/सिन्हवा

नान/सिन्हवाका लेखहरु :

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

पाकिस्तानमा आतंकवादी हमला : १० प्रहरीको मृत्यु, ६ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतंककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

१३ जना इरान समर्थक लडाकुको मृत्यु

अमेरिकाद्वाराले सिरियामा गरेको हमलामा १३ जना इरान समर्थक लडाकुको मृत्यु भएको छ । अमेरिकी हवाई आक्रमणमा शुक्रबार राति पूर्वी प्रान्त देइर अल–जोरमा इरान समर्थक लडाकुहरूको गढलाई लक्षित गरी अमेरिकाले इरानी लक्ष्यहरू विरुद्ध प्रतिकारात्मक हमला गरेको थियो ।

गाजा युद्धका सय दिन : संयुक्त राष्ट्रसंघ महासचिवद्वारा युद्धविराम गर्न पुनः आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् ।

काबुलमा विस्फोट : २ जनाको मृत्यु, १२ घाइते

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।

अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प

उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

फिलिपिन्समा बस दुर्घटना : २९ जनाको मृत्यु

 फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।