कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा कोरोना प्रकोप : मृतकको संख्या ५६ पुग्यो, २ हजार जना संक्रमित

एपी

बेइजिङ — चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने १ हजार ९ सय ७५ मा यसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनमा कोरोना प्रकोप : मृतकको संख्या ५६ पुग्यो, २ हजार जना संक्रमित

आइतबार बिहानको रिपोर्टअनुसार अघिल्लो २४ घण्टामा १५ जना नयाँ मृतकहरु फेला परेका हुन् भने ६८८ मा यसको संक्रमण देखिएको छ ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ?


गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ । न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ ।

कोरोना प्रकोप

हालै मात्र क्यानाडामा समेत ५० वर्षीय एक मानिसमा पहिलोपटक यसको संक्रमण देखिएको क्यानाडा सरकारले बताएको छ । हालै मात्र चीनको वुहानदेखि ग्वानझाऊ हुँदै टोरन्टो फर्किएका ती मानिसमा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटीभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए । चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए ।

कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ १२, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?