कोरोना प्रकोप : हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द

माघ ११, २०७६

एपी

बेइजिङ — कोरोना भाइरसको सन्त्रास छाएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ। नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने घोषणा गरेको हो । योसँगै आगामी फेब्रअरी १७ सम्मका लागि विद्यालय खुला हुने छैनन् ।

सुरुमा मध्य चीनको वुहानमा फेला परेको कोरोना भाइरस अहिले अन्य मुलुकमा पनि फैलिएको छ । हङकङका अधिकारीले पाँचजनामा काेराेना भाइरसकाे संक्रमण भेटिएकाे बताएका छन् । 

कोरोना प्रकोप

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आगामी फेब्रुअरी ९ मा हुन लागेको म्याराथन पनि स्थगित भएकाे उल्लेख गरेको छ । म्याराथनमा ७० हजार सहभागी हुने अनुमानमा गरिएको थियो ।

सम्बन्धित समाचार :


एपी

Link copied successfully