कोरोना भाइरस संक्रमितको उपचार, एक चिनियाँ डिस्चार्ज

एजेन्सी

बेइजिङ — चीनले कोरोना भाइरसबाट संक्रमित एक जना बिरामी निको भएर घर फर्किएको दाबी गरेकाे छ । झेझियाङ प्रान्तको वेन्झौ सहरमा
नाम नखुलाइएका याङ थर गरेका ४६ वर्षीय बिरामी निको भएर शुक्रबार घर फर्किएका चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजटीएन) ले जनाएको छ । याङ कोराेना भाइरसबाट निको भएर घर फर्किने पहिलो व्यक्ति भएकाे सीजीटीएनले दाबी गरेकाे छ ।

कोरोना भाइरस संक्रमितको उपचार, एक चिनियाँ डिस्चार्ज

लामो समयसम्म हुबेई प्रान्तको वुहान सहरमा बसेका ती व्यक्तिलाई जनवरी ३ मा टाउको दुखेकाे र ज्वरो आएको थियो । उपचारमा खटिएका चिकित्सकले याङमा सुरुवाती चरणकाे काेराेना भाइरसकाे संक्रमण थियाे ।

रहस्यमयी भनिएको कोरोना भाइरस वुहान सहरबाट चीनको अन्य प्रान्त र विश्वका विभिन्न देशमा समेत फैलिएको छ ।


अस्पतालबाट डिस्चार्ज हुने क्रममा याङले भने, ‘डाक्टरहरु मेरो उपचारमा अहोरात्र खट्‍नुभयो । उहाँहरुको उचित हेरचाह र उपचारले नै म निको भएर घर फर्किन सक्ने भएको छ ।’ अस्पतालबाट डिस्चार्ज भए पनि उनलाई फलोअपका लागि भने निरन्तर आउन भनिएको छ ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ?

वेन्झौमा रहेको अस्पतालका प्रमुख फिजिसियन डाक्टर दाई जियान्यीले यो केसले अरु बिरामीको उपचारमा सघाउ पुर्याउने बताएका छन् । ‘यसले अरु बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । त्यसैले आत्तिनु पर्दैन । केवल हामीले पूर्वसावधानी अपनाउँदै यसबाट बचाउनुपर्छ ।’

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा एक डाक्टरसहित ४२ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका ६२ वर्षीय डाक्टर लियाङ वुदोङको मृत्यु भएको हो ।

के हो कोरोना भाइरस?

प्रकाशित : माघ ११, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?