२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

इरान-अमेरिका द्वन्द्व बढ्याे, हत्याको बदला लिने खामेनीकाे चेतावनी

एजेन्सी

दुबई — इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् । नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् ।

इरान-अमेरिका द्वन्द्व बढ्याे, हत्याको बदला लिने खामेनीकाे चेतावनी

इरानी सेनाका उच्च अधिकारी अमेरिकी सेनाको हातबाट मारिएपछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिक्रिया दिँदै खामेनीले भने, ‘सबै साथीहरु, र सबै दुस्मनहरुलाई पनि थाहा छ प्रतिरोधको यात्रा जारी रहनेछ । र मुजाहीद्दीनलाई एउटा निश्चित विजयले पर्खिरहेको छ ।’


साथै नेता खामेनीले सोलेमानीको सहिद हुने सपना पूरा भएको बताए । उनले भने, ‘धेरै वर्षदेखिको सहिद हुने उनको सपना पूरा भएकोछ । अन्ततः भगवानले उनलाई सर्वोच्च ठाउँमा पर्याएका छन् ।’ खामेनीले सुलेमानीको मृत्युमा इरानमा तीन दिन राष्ट्रिय शोक मनाइने पनि घोषणा गरेका छन् ।


यसअघि इरानका विदेश मन्त्री मोहम्मद जावेद जरिफले पनि अमेरिकाले आफ्नो दुष्ट र मूर्खतापूर्ण कामको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।


‘आईएसविरुद्धको लडाइँमा सुलेमानी’

अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएका छ । तर मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ ।



उनका अनुसार आईएसको गतिविधि रोक्न सुलेमानी र इरानको प्रमुख भूमिका रहेको छ । सुलेमानीले अग्रपंक्तिमा रहेर आईएसविरुद्ध लडेको पनि पत्रकार वाल्सको विश्लेषण रहेको छ । उनका गतिविधिको प्रशंसा वा आलोचना जे गरे पनि पछिल्लो एक दशकमा सुलेमानी मध्यपूर्वका प्रभावकारी व्यक्तित्व रहेका वाल्सको बुझाइ छ ।


मध्यपूर्वमा टकरावकाे अवस्था


सुलेमानी मारिएसँगै फेरि एक पटक तेहरान र वासिंगटनबीच टकरावको स्थिति सिर्जना भएको छ । बढ्दाे तनावलाई लिएर अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई फिर्ता हुन आग्रह गरेको छ ।


शुक्रबार इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी हवाई आक्रमणमा इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानी, इराकी विद्रोही नेता अबु अल महदी मुहान्दिससँगै केही व्यक्ति मारिएका छन् ।



मंगलबार बग्दादमा रहेको अमेरिकी दूतावासमा इराकको पपुलर मोबिलाइजेसन फोर्स(पीएमएफ) का समर्थकले आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो ।


इराकका प्रधानमन्त्री अदिल अब्दुल महदीले पनि अमेरिकी आक्रमणकाे कडा निन्दा गरेका छन् । अमेरिकाले त्यसकाे गम्भीर परिणाम भोग्नुपर्ने पनि उनले बताए ।


मध्यपूर्वमा बढ्दाे टकरावलाई लिएर चीनले पनि प्रतिक्रिया दिएकाे छ । चीनले मध्यपूर्वमा शान्ति वहालका लागि सबैलाई आग्रह गरेकाे छ ।


यो पनि पढ्नुहाेस्

जर्नेल मारिएपछि इरान र अमेरिकाले के भने ?

बग्दाद हवाई आक्रमणमा इरानी जर्नेल मारिए

प्रकाशित : पुस १८, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?