कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बग्दाद हवाई आक्रमणमा इरानी जनरल मारिए, अमेरिकी हात रहेको आरोप 

एजेन्सी

बग्दाद — इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा इरानको कुद्स फौजका प्रमुख जनरल कासिम सुलेमानीसहित ६ जना मारिएका छन् ।

बग्दाद हवाई आक्रमणमा इरानी जनरल मारिए, अमेरिकी हात रहेको आरोप 

आक्रमणमा मारिनेमा इराकी मिलिसिया कमाण्डर अबु महदी अल मुहान्दिस पनि रहेको इराकी टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इराकको पपुलर मोबिलाइजेसज फोर्सका प्रवक्ता अहमद अल असादीले पनि सोलेमानी र मुहान्दिस मारिएको पुष्टि गरेको अलजजीराले जनाएको छ । रोयटर्ससँगको कुराकानीमा उनले अमेरिका र इजरायलले आक्रमण गरेको आरोप लगाएका छन् । अमेरिकाले भने आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै अमेरिकी झन्डा मात्रै राखेर ट्वीट गरेका छन् । यस ट्वीटमार्फत ट्रम्पले सांकेतिक रुपमा आक्रमणबारे प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मंगलबार बग्दादमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता भएको र त्यसको ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि शुक्रबार बग्दादमा हवाई आक्रमण भएको हो ।

राेयटर्ससँगकाे कुराकानीमा अमेरिकी अधिकारीले बग्दाद आक्रमण आफूहरुले गराएकाे बताएका छन् । तर यसबारे उनीहरुले विस्तृत विवरण भने नदिएकाे राेयटर्सले जनाएकाे छ ।


कुद्स फाैज

कुद्स फोर्स इरानको रिभोल्यूशनरी गार्ड्सको एउटा शाखाका रुपमा काम गर्दछ । जसले देशबाहिरको अभियानमा काम गर्ने र यसका प्रमुख जनरल कासिम सुलेमानी इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीप्रति जवाफदेही भएको बताइन्छ ।


सन् २००३ मा अमेरिकी सेनाकाे नेतृत्वमा भएकाे आक्रमणपछि इराकमा सद्दाम हुसेनकाे सत्ता समाप्त भएकाे थियाे । त्यसपछि मध्यपूर्वमा कुद्स फाैजले आफ्‌नाे सक्रियता बढाएकाे थियाे । इरानलाई समर्थन गर्ने दोस्राे देशका सरकार विराेधी समूहलाई कुद्स फाैजले हतियार उपलब्ध गराउने तथा पैसा र तालिम दिने अभियानलाई यसले तीव्रता दियाे ।

प्रकाशित : पुस १८, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?