२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

जर्नेल मारिएपछि इरान र अमेरिकाले के भने ?

एजेन्सी

दुबई — अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सेनाको विशेष दस्ता कुद्सका प्रमुख जर्नेल कासिम सुलेमानी मारिएको बताएको छ ।

जर्नेल मारिएपछि इरान र अमेरिकाले के भने ?

अमेरिकी रक्षा मन्त्रालयले इराकको बग्दाद विमानस्थलमा राष्ट्रपति ट्रम्पकै निर्देशनमा शुक्रबार आक्रमण गरिएको बताएको छ । शुक्रबार बग्दाद विमानस्थलमा भएको आक्रमणमा सुलेमानीसहित इराकी मिलिसिया कमाण्डर अबु अल महदी मुहान्दिस र केही व्यक्ति मारिएका थिए ।

आक्रमणको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी झन्डा ट्वीट गरेका थिए । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपतिकै निर्देशनमा अमेरिकी सेनाले रक्षात्मक कारबाही गरेको हो । कासिम सुलेमानीलाई मारेर अमेरिकी सेनाले विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षा गरेको छ ।’

‘इरानले बनाएको आक्रमणको योजनालाई विफल पार्न यो आक्रमण गरिएको हो,’ अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘अमेरिकाले आफ्ना नागरिक र आफ्ना चासोको विषयको विश्वभर रक्षा गरिरहनेछ ।’

डेमोक्रेटिक पार्टीका सिनेटर क्रिस मर्फीले सुलेमानी अमेरिकाको दुस्मन भएको बताउँदै उनको मृत्युले अमेरिकी नागरिकमाथि खतरा बढेको प्रतिक्रिया दिएका छन् । ‘अमेरिकी नागरिकलाई क्षति नपुगेसम्म हामीले सामान्यतया विदेशी राजनीतिक अधिकारीहरुको ‘हत्या’ गर्दैनौँ,’ उनले ट्वीटमा भनेका छन् ।

संयुक्त राष्ट्र संघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीले ‘शान्ति र न्याय’ खोज्नेहरु सुलेमानीको मृत्युमा खुसी हुनुपर्ने प्रतिक्रिया दिएकी छिन् ।

इरानले के भन्यो ?

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफले इरानी कुद्स बलका प्रमुख कासिम सुलेमानीको हत्या ‘एउटा खतरनाक र मूर्खतापूर्ण घटना’ भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले आफ्नो दुष्ट साहसिक कदमको सबै परिणामको भागिदार बन्नुपर्छ,’ विदेशमन्त्री जरिफले ट्वीटमा भनेका छन् ।

कुद्स फाैज

कुद्स फोर्स इरानको 'रिभोल्यूशनरी गार्ड्स'को एउटा शाखाका रुपमा काम गर्दछ। जसले देशबाहिरको अभियानमा काम गर्ने र यसका प्रमुख जनरल कासिम सुलेमानी इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीप्रति जवाफदेही भएको बताइन्छ । उनी सन् १९९८ देखि इरानी सेनाकाे विशेष दस्तामा सक्रिय रहेका छन् । उनी सन् १९८० को दशकमा इराकसँगको युद्धमा पनि सहभागी थिए ।


सन् २००३ मा अमेरिकी सेनाकाे नेतृत्वमा भएकाे आक्रमणपछि इराकमा सद्दाम हुसेनकाे सत्ता समाप्त भएकाे थियाे । त्यसपछि मध्यपूर्वमा कुद्स फाैजले आफ्‌नाे सक्रियता बढाएकाे थियाे । इरानलाई समर्थन गर्ने दोस्राे देशका सरकार विराेधी समूहलाई कुद्स फाैजले हतियार उपलब्ध गराउने तथा पैसा र तालिम दिने अभियानलाई यसले तीव्रता दियाे ।

यो पनि पढ्नुहाेस्

बग्दाद हवाई आक्रमणमा इरानी जनरल मारिए

प्रकाशित : पुस १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?