पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ सोमबार लन्डन जाने

एएनआई 

इस्लामाबाद — केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लन्डन जाने भएका छन् । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।  

स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लन्डन उड्नुहुने भएको छ ।” उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

उनले भने, “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।” उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उनी कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए ।

“पूर्वप्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,” उनले पत्रकारहरुसँग भने । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उहाँलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानेछन् ।

प्रकाशित : कार्तिक २४, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विशेष परिस्थितिका कारण साधारणसभा स्थगित : ढकाल

कान्तिपुर संवाददाता

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समिति संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकालले विशेष परिस्थितिका कारण महासंघको विशेष साधारणसभा स्थगित गरिएको बताएका छन् ।

देशको वर्तमान परिस्थितिमा निजी क्षेत्रका धेरै विषयहरु सम्बोधन नभइरहेको सन्दर्भमा महासंघको विधान संशोधनमा जाने/नजाने विषयमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा फरक मत आइरहेको उनले बताए । यो सन्दर्भमा निजी क्षेत्र एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकता महसुस गरी पक्ष-विपक्षमा जाँदा ठूलो नोक्सानी हुने र महासंघको भूमिका पनि कमजोर हुने देखिएकाले विशेष साधारणसभा स्थगन गर्नु परेको विधान समिति संयोजक ढकालको भनाइ थियो ।

कात्तिक २९ गते महासंघको विशेष साधारणसभा हुने तय भएको थियो । प्रत्यक्ष रुपमा अध्यक्षको निर्वाचन गराउनु पर्ने मागसहित जिल्लाका सदस्यहरुले आवाज उठाएपछि अघिल्लो साधारणसभाले महासंघका पूर्वअध्यक्ष ढकालको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको थियो ।

विधान संशोधन कार्यदल बैठकले महासंघको साख गिर्न नदिन र निजी क्षेत्रलाई एकताबद्ध रुपमा लैजाने निचोड निकाल्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको जनाइएको छ ।



प्रकाशित : कार्तिक २४, २०७६ १२:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×