कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्हेलको पेटमा २२ किलो प्लास्टिक

सीएनएन

इटाली — इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ । गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई ८ मिटर थियो । व्हेलको पेटभित्र २२ किलो प्लास्टिकका साथै मृत भ्रुण फेला परेको अधिकारीहरुले बताए । 

व्हेलको पेटमा २२ किलो प्लास्टिक

व्हेलको पेटभित्र फोहोर फाल्न प्रयोग हुने प्लास्टिकको झोला, माछा मार्ने जाली, तार, पाइप लगायतका वस्तुहरु फेला परेको थियो ।


यो घटनापछि इटालीका वातवरणमन्त्री सर्गियो कोस्टाले आफ्नो फेसबुक वालमामार्फत भनेका छन्, 'अझै पनि यस्ता घटनालाई सामान्य रुपमा लिने मानिसहरु छन् । मेरो लागि यो घटना ठूलो हो । यस्ता विषयहरु मेरो प्राथिमकतामा पर्छन् ।' मन्त्री कोस्टाले विगतमा आफ्नो सुविधाका लागि प्रयोग गरिने वस्तुहरुको उचित व्यवस्थापन नगरिँदा यस्तो परिणामा आएको दाबी गरेका छन् ।


उनले युरोपियन सांसदले एकपटक मात्र प्रयाग गरिने प्लास्टिकलाई सन् २०२१ बाट पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताउँदै इटाली यो कानुन कार्यान्वयन गर्ने पहिलो मुलुक हुने वाचा गरेका छन् ।


अघिल्लो महिना फिलिपिन्समा पनि मृत फेला परेको वयस्क व्हेलको पेटबाट ४० किलो प्लास्टिक निकालिएको थियो ।


समुद्रमा प्लास्टिकको मात्रा बढ्दै गएपछि यसको असर सामुद्रीक जीवहरुमा देखा पर्न थालेको हो । समुद्रका जीवहरुले खाना खाने क्रममा प्लास्टिक पनि सँगै निल्ने गरेको र प्लास्टिकजन्य वस्तुहरु अड्किने गरेको देखिएको छ ।

प्रकाशित : चैत्र २४, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?