कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञापछिको काठमाडौं उपत्यका

काठमाडौँ — कोरोना संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।

निषेधाज्ञापछिको काठमाडौं उपत्यका

निषेधाज्ञापछि काठमाडौं उपत्यकामा बिहीबार अत्यावश्यक सेवाबाहेकका सवारी चलेका छैनन् । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए । 'सम्भव भएसम्म हामीले पनि आवश्यक सावधानी अपनाएर व्यापार, व्यवसाय र उद्योग सञ्‍चालन गर्न दिएकै हौं तर जोखिमको मात्रा बढ्न थाल्यो । सर्वसाधरणले पनि स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति बढ्यो । त्यही भएर संक्रामक रोग ऐन २०२० ले दिएको अधिकारबाहेक प्रशासन बल पनि प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका हौं' प्रजिअ दाहालले भने ।बिहीबार बिनाकाम सडकमा निस्कनेलाई एक घण्टा नियन्त्रणमा राखेर घर पठाइएको छ । पहिलो दिन भएकाले चेतावनीस्वरुप एक घण्टा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : भाद्र ४, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?