जसको सास्ती सरकारले सुन्दै सुनेन

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार बिहान नागढुंगा चेकपोस्टबाट करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई भेटियो। तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।

सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन् ।

इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्काे विकल्प थिएन ।

प्रकाशित : वैशाख ५, २०७७ १८:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्थानीयले रोके भारतीय मालवहाक ट्रक 

नवीन पौडेल

परासी — पश्चिम नवलरासीका स्थानीयले कच्चा पदार्थ बोकेर आएको भारतीय मालवहाक ट्रक रोकेका छन् । 

उद्योगका लागि कच्चा पदार्थ लिएर आएका २७ वटा ट्रकलाई शुक्रबार स्थानीले रोकेका हुन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको समयमा भारतबाट सामान ल्याएको भन्दै रोकेको स्थानीय अवधेश चौधरीले बताए । अत्यावश्यक वस्तुमात्र आयात गर्न पाइन् भने पनि स्टीलका सामान ल्याएपछि स्थानीयले अवरोध पुर्‍याएका हुन् ।

भारतमा कोरोना संक्रमण फैलिरहेका बेला ट्रकमा आउने चालक र सहचालकका कारण आफूहरु जोखिममा पर्ने भन्दै स्थानीयले ट्रकलाई उद्योग प्रवेश गर्न दिएका छैनन् । रामग्राम नगरपालिकास्थित पोखरापालीमा रहेको सिद्धिलक्ष्मी स्टिल उद्योगका लागि ट्रकले कच्चा पदार्थ लिएर आएका हुन् ।

भैरहवा भन्सार कार्यालयबाट प्रवेश पाएका ट्रकहरु स्थानीयको अवरोधका कारण उद्योग अगाडि र भूमही–भैरहवा सडकखण्डको सुक्रौलीमा रोकिएका छन् । चालक र सहचालकहरुले उद्योगमा ट्रक छाडेपछि बाहिर निस्कने र त्यसले स्थानीयहरु त्रसित हुन थालेकाले रोकिएको स्थानीयले बताए । पटक-पटक ट्रक नल्याउन आग्रह गरे पनि दैनिकजसो २० देखि ४० ट्रकहरु भारतबाट आउँदा जोखिम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्सार काटेर आएका सवारीसाधनलाई रोक्न समस्या भएको बताए ।


प्रकाशित : वैशाख ५, २०७७ १८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×