कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिडियोमा सेनाकाे कवाज काैशल

दिपेन्द्र रोक्का

काठमाडौँ — महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

भिडियोमा सेनाकाे कवाज काैशल

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ । सेनाले यस अवसरमा आफ्नो कार्यकौशल प्रस्तुत गरेको थियो ।

नेपाली सेनाको परमाधिपति हाल राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भने सेनापति पूर्णचन्द्र थापा हुन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?