भिडियोमा सेनाकाे कवाज काैशल

दिपेन्द्र रोक्का

काठमाडौँ — महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ। सेनाले यस अवसरमा आफ्नो कार्यकौशल प्रस्तुत गरेको थियो।

नेपाली सेनाको परमाधिपति हाल राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भने सेनापति पूर्णचन्द्र थापा हुन्। प्रकाशित : फाल्गुन ९, २०७६ १८:२८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वाग्मती गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

सुवास विडारी

मकवानपुर — हिमालयन शेर्पा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पा फाइनलमा पुगेको हो । 


उपाधिका लागि शेर्पाले आइतबार जावलाखेल युथ क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। वाग्मती गाउँपालिकास्थित जनता माध्यामिक विद्यालयको मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे।

शेर्पाले खेलमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो। खेलको सातौं मिनेटमा च्यासलका डिफेन्डरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरे।

खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा च्यासलका लागि विदेशी खेलाडी काजिम भुसाराले बराबरी गोल फर्काए। पहिलो हाफमा राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुनिल बलले प्राप्त दुईवटा उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफमा शेर्पाको तर्फबाट ७५ औं मिनेटमा पुनः श्रेष्ठले गोल गरे। उनले सिक्स यार्ड बक्समा सुरज हमालले उपलब्ध गराएको बलमा गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा अमिर श्रेष्ठले उपलब्ध गराएको सुन्दर पासलाई सदुपयोग गर्न सुनिल बल पुनः चुके। खेलको ५२ औं मिनेटमा शेर्पाका आशिष गुरुङले गरेको हेडिङ बारमा लागेर फर्किएको थियो।

खेलमा शेर्पाका लागि दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।प्रतियोतिगाअन्तर्गत् शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रकाशित : फाल्गुन ९, २०७६ १८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×