कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकालाई हराएपछि कप्तान ज्ञानेन्द्र र सन्दीप के भन्छन् ?

काठमाडौँ — नेपालले अमेरिकामाथि क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । अमेरिकालाई बुधबार एकदिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्युन स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पुरा गरेको हो ।

अमेरिकालाई हराएपछि कप्तान ज्ञानेन्द्र र सन्दीप के भन्छन् ?

पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले विजय लक्ष्य तेस्रो तीब्र गतिमा पुरा गरेको हो । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।


यसअघि सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो ।

प्रकाशित : माघ २९, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?