वुहानका नेपालीको पीडा : ‘बसूँ जोखिम, फर्कूं झनै जोखिम’

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा नोवल कोरोना भाइरसको संक्रमण व्यापक भएपछि घर फर्कन चाहने त्यहाँका नेपालीले सरकारबाट विशेष विमानको व्यवस्थासहित सहयोगको पहल नभएकामा दुःखेसो गरेका छन् । कतिपय विद्यार्थीले भने चीनमै आफूहरू सुरक्षित रहेकाले फर्कन नचाहेको जनाएका छन् ।

ZenTravel

स्वास्थ्य मन्त्रालयका एक अधिकारी ले नेपालमा स्वास्थ्य परीक्षण, उपचारलगायतको उचित व्यवस्थापन नभऐसम्म चीनबाट आफ्ना नागरिकलाई फर्काउन सम्भव नरहेको बताए ।

प्रकाशित : माघ १८, २०७६ १४:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डढेलोले महिलाको मृत्यु

आश गुरुङ

(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका ९ टक्सारको च्ह्योंगे भीरमा लागेको डढेलोमा एक महिलाको मृत्यु भएको छ । टक्सार गाउँबाट २० मिनेट हिँडेर पुग्न सकिने भीरमा लागेको डढेलोमा ८ घाम्राङकी ३५ वर्षीया ज्योति परियारको मृत्यु भएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बसन्तहादुर रानाका अनुसार घरबाट पोखरा जान हिँडेकी महिलालाई तलबाट सल्किँदै आएको ढडेलोले पोलेको थियो । उनको शरीर र कपडा पोलिएको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरी पोखराको गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारको क्रममा शुक्रबार बेलुका पौने ८ बजे मृत्यु भएको उनले बताए ।

प्रहरीका अनुसार उक्त घटना शुक्रबार सवा २ बजेको हो । भीरमा आगो कसरी लाग्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भीरमा लागेको आगो भने नियन्त्रण भएको छ ।

प्रकाशित : माघ १८, २०७६ १४:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×