बिग बास खेलेर फर्किएका सन्दीप लामिछाने के भन्छन् ?

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा गएर ट्वान्टी–२० लिग खेल्ने नेपालका पहिलो खेलाडी हुन्– सन्दीप लामिछाने । सन् २०१८ देखि लिग खेल्न थालेका उनले सन् २०१९ मा २८ विकेट लिए भने ३८४ रन खर्चिए ।

इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग बास, क्यारेबियन लिग लगायतका विश्वका चर्चित लिगहरु खेलिसकेका छन् सन्दीपले । क्रिकेटलाई मुख्य पेशा बनाएका सन्दीप ५ दिनअघि मात्रै अष्ट्रेलियाबाट नेपाल आएका छन् । माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमानसम्मिलित त्रिकोणात्मक लिग खेल्न उनी नेपाल आएका हुन् ।


अष्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका सन्दीप बीचैमा खेल छाडेर आएका छन् । उनको टिम मेलवर्न स्टार्स लिगको शीर्ष स्थानमा रहेको थियो । प्रकाशित : माघ १७, २०७६ १७:१५

प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा पनि भेटिए २ कोरोना संक्रमित, इटालीमा आपतकाल घोषणा

मंगोलियाले रोक्यो चीनबाट आउने पर्यटक
कान्तिपुर संवाददाता

बेलायतमा एकै परिवारका दुई सदस्यमा कोरोना भाइरसको संक्रमण फेला परेको इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारीले घोषणा गरेका छन् । संक्रमितलाई न्यु क्यासलमा रहेको विशेष केन्द्रमा राखेर उपचार गरिँदै छ ।

कोरोना भाइरस रोकथामका लागि मंगोलियाले चीनबाट आउने चिनियाँ तथा अन्य पर्यटकहरुलाई आगामी मार्च २ सम्मका लागि प्रतिबन्ध लगाएको छ।यसैगरी शुक्रबार मात्रै इटाली सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ। इटालीमा कोरोना संक्रमण दुईजनामा फेला परेको छ।
याे पनि पढ्नुहाेस् :

प्रकाशित : माघ १७, २०७६ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×