कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी ठडिँदै छ धरहरा

काठमाडौँ — २०७२ वैशाख १२ गतेको महाभूकम्पले ढलेको धरहरा फेरि ठडिँदै छ । राजधानीको सुन्धारामा निर्माणाधीन अवस्थामा रहेको धरहराको छैटौं तला ढलान हुँदै छ । बन्दै गरेको धरहरा २२ तले हुनेछ । अहिलेसम्म ३७ प्रतिशत काम सकिएको छ ।

यसरी ठडिँदै छ धरहरा

बिहान र बेलुकी दुई सिफ्टमा काम भइरहेको धरहरा निर्माणको ठेक्का पाएको जिआइइटिसी रमनजेभी कम्पनीले जनाएको छ ।


दुई सिफ्टमा ३ सय भन्दा बढी मजदुर खटिएका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको धरहरा भूकम्प प्रतिरोधात्मक छ । ढल्नुअघिको स्वरुपमै निर्माण भइरहेको छ धरहरा । यसको उचाई लगभग ८० मिटरको हुनेछ ।


धरहरा निर्माणको लागि सन् २०१८ सेप्टेम्बर ३० मा निर्माणको सम्झौता भएको थियो भने ६ अक्टोवरदेखि निर्माण सुरु गरिएको थियो ।

प्रकाशित : माघ १०, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?